Logo

सिपी मैनालीको आरोप : ओली सरकारले भ्रष्टाचार बढायो



काठमाडौं, १७ असोज । नेकपा मालेका महासचिव सिपी मैनालीले वर्तमान सरकारले महँगी र भ्रष्टाचार रोक्न नसकेको आरोप लगाएका छन् । नेकपा माले जिल्ला कमिटी भक्तपुरले आज कमल विनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुकमा सङ्घीयता सङ्कटमा परेको र सङ्घीयताले भ्रष्टाचार बढाएको आरोप लगाएका हुन् ।

नेकपा ३ नं प्रदेश समितिका सचिव कृष्ण राणा, नेकपा माले भक्तपुरका सचिव दिनेश खातीले दुई तिहाइको सरकारले घोषणापत्र अनुसार काम गर्न नसकेको भन्दै सरकारले कार्यकर्ताभन्दा पनि जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्