Logo

दक्षिणकाली पुग्ने भक्तजनलाई मेडिसिटीको स्वास्थ्योपचार



काठमाडौं, १८ असोज । ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालले दक्षिणकाली दर्शनमा पुग्ने भक्तजनलाई लक्षित गरी मोबाइल क्लिनिक सहित स्वास्थ्योपचार सेवा प्रदान गरिरहेको छ । आजबाट सुरु गरेको उक्त सेवा आगामी नवमीको दिनसम्म जारी राख्ने अस्पतालले जनाएको छ ।

अत्याधिक मात्रामा भक्तजनको भीड हुने र खाली पेट दर्शन गर्ने भएकाले कमजोरीलगायतका समस्या हुनसक्ने विषयलाई मध्यनजर गर्दै उक्त स्वास्थ्य शिविरको व्यवस्था गरिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले जनाए । रिमालकाअनुसार अस्पतालले दशैं विदामासमेत आकस्मिक अवस्थामा अस्पताल आउनु पूर्वको प्राथमिक उपचार सेवा, आकस्मिक उपचार, क्रिटिकल केयर सेवा प्रदान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्