काठमाडौं, १९ असोज । लसुन प्रायः मसलाका रुपमा प्रयोग गरिन्छ । तर, यो सर्वश्रेष्ठ सर्वगुणी औषधी पनि हो । लसुनको लाभै लाभ छ । लसुनले शारीरिक र मानसिक लाभ पुग्छ ।
- लसुन खाँदा भोक जाग्छ ।
- शरीर न्यानो बनाउँछ र अनुहारमा चमक ल्याउँछ ।
- रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।
- दमको रोगीका लागि लसुन लाभदायक हुन्छ ।
- खोकी लाग्दा या चीसो लाग्दा लसुनको सेवन गर्दा रोग दूर हुन्छ ।
- दाँतको समस्या हुँदा पनि लसुनको प्रयोग उत्तम हुन्छ ।
- झिंगा भगाउन पनि लसुनको प्रयोग गर्न सकिन्छ ।
- कानको समस्या भएकाले पनि लसुनको प्रयोग गर्न सक्छन् ।
- पेटको समस्या भएकालाई पनि लसुनले ठिक गर्छ । पाचन क्रिया वृद्धि गर्छ ।