Logo

बरिष्ठ पत्रकार आचार्यको निधन



काठमाडौं, १९ असोज । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ । कलेजोमा देखिएको खराबीका कारण आचार्यको आइतबार ६१ वर्षको उमेरमा निधन भएको छ । दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उनी हाल न्यूज–२४ को समाचार प्रमुख थिए ।

उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका आचार्यको आइतबार बिहानै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । पत्रकारिता अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्यको ‘चिन्तन मनन’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो । उनका श्रीमती, एक छोरी छन् ।



प्रतिक्रिया दिनुहोस्