Logo

पूर्व राजाकी नातिनी पूर्णिकाको चिन्ता-नेपालीबीचको सद्भाव मेटिदै गयो (पूर्णपाठसहित)



काठमाडौं, १९ असोज । पूर्व अधिराजकुमारी पूर्णिका शाहले देशको संस्कार, संस्कृति र परम्परालाई नेपालबाट मेट्ने चलखेल भइरहेको बताएकी छिन् । बडा दशैंका अवसरमा शुभकामना दिदै उनले देशको संस्कृति मेट्ने प्रयासलाई असफल बनाउन सबैले आत्ममूल्यांकन गर्नुपर्ने घडी आइसकेको बताएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्देश दिदै पूर्णिकाले लेखेकी छिन्, ‘आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने संस्कार, सस्कृती, सामाजिक मुल्यमान्यता र परम्परालाइ यस सिद्ध भुमीबाट समाप्त पार्ने अथक प्रयास भइरहेको छ । अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको छ । आफैँलाई साक्षी राखेर देश र देशवासीका पक्षमा केही गर्ने प्रण गरौँ।’

देशको संस्कृति र संस्कारलाई कसरी बचाउने भन्ने चिन्ताजनक अवस्था आइपुगेको उनले लेखेकी छिन् । उनले प्रमेमको शक्तिले जित्नुपर्ने भन्ने मूल मन्त्रलाई भुल्न नहुने उल्लेख गरेकी छिन् । राष्ट्रको गौरव र राष्ट्रियतामा जोड दिदै लेखेकी छिन्, ‘राष्ट्रको गौरव भनेको देशको सुसंस्कार र सुसंस्कृती हो। जुन राष्ट्रका जनताहरु आफ्नो संस्कृतिको आत्मागौरव र आफ्नो सभ्यतालाई आत्मासात गर्दैनन् , त्यो राष्ट्रलाई जीबित राष्ट्र मान्न सकिन्न भन्ने पुष्टि विद्यमान अवस्थाले देखाइरहेको छ ।’

नेपालबीचको सद्भाव मेटिदै गएकोमा उनले चिन्ता व्यक्त गरेकी छिन् । उनले नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पुनर्जागरणको कामना गरेकी छिन् ।

उच्च शिक्षा अध्ययन गरिरहेकी पूर्णिका पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय छिन् । उनले धर्म संस्कृतिबारे पोष्ट गर्दै आएकी छिन् ।

पूर्णपाठ:

प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ !
विजयादशमीको पावन अवसरमा हामी देशभित्र र देशबाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछौ ।

संस्कारमा परम्परा जोडिएको हुन्छ। संस्कार लामो समयको बानी र अनुभवमा आधारित हुन्छ।हाम्रा पुर्खाले आफ्नो जिवनयापनका क्रममा अपनाएका संस्कार,रितिथिती,संस्कृति र मुल्य मान्यताको संरक्षण गर्ने जिम्मा अहिले हाम्रो काधमा आइपरेको छ। हाम्रा संस्कृती संस्कार र परम्परालाई आफ्नो मार्गदर्शनका रुपामा अपनाइ आफ्नो जिवनलाइ सुखी र समृदी बनाउदै आफ्ना सन्ततिलाइ सुसंस्कार र सुसंस्कृति हस्तान्तरण गरि आफ्नो संस्कार र संस्कृतिको संरक्षण र संवर्धन गरिदै जाने विश्वास हामिले लिएका थियौ।

सभ्यताको विकाशका नाममा आफ्ना संस्कार र संस्कृतिलाइ विर्सेर,प्रेमको शक्तिले शक्तिको प्रेमलाइ जित्नु पर्दछ भन्ने मुल मन्त्रलाइ भुलेर आफ्नो संस्कृति र संस्करलाइ कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा हामी आइपुगेका छौ।
राष्ट्रको गौरव भनेको देशको सुसंस्कार र सुसंस्कृती हो। जुन राष्ट्रका जनताहरु आफ्नो संस्कृतिको आत्मागौरव र आफ्नो सभ्यतालाई आत्मासात गर्दैनन् , त्यो राष्ट्रलाई जीबित राष्ट्र मान्न सकिन्न भन्ने पुष्टि विद्यमान अवस्थाले देखाइरहेको छ ।आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने संस्कार, सस्कृती, सामाजिक मुल्यमान्यता र परम्परालाइ यस सिद्ध भुमीबाट समाप्त पार्ने अथक प्रयास भइरहेको छ । अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको छ । आफैँलाई साक्षी राखेर देश र देशवासीका पक्षमा केही गर्ने प्रण गरौँ।

श्री नवदुर्गा भवानीले सबै नेपालीमा सत्प्रेरणा प्रदान गरून्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पुनर्जागरण होस्, यही हाम्रो कामना छ ।

आराध्यदेव पशुपतिनाथले सबैको कल्याण गरून्
जय नेपाल

Photo Source: Facebook



प्रतिक्रिया दिनुहोस्

Screenshot