Logo

कांग्रेस सुधारिन कठिन छ : नरहरि आचार्य



काठमाडौं, १९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नरहरि आचार्यले कांग्रेस यसै सुधारिन कठिन रहेको टिप्पणी गरेका छन् । उनले भने,‘कांग्रेसलाई सुधार्नको लागि आँटिला मानिसहरुले प्रयत्न गर्नुपर्छ ।’

दशैंको अवसरमा आफ्नै निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले अबको महाधिवेशनमा वैकल्पिक नेतृत्व तयार हुनुपर्नेमा पनि जोड दिएका छन् ।

उनले मुलुकमा ओली सरकार मात्र नरहेको, तीन तहको सरकार रहेको, पालिका स्तरमा नेपाली कांग्रेस पनि एक तिहाई सरकारमा रहेको उल्लेख गर्दै केन्द्र र प्रदेश स्तरमा सरकार चलाउने पार्टीहरु एक भएको अवस्थामा नेपाली कांग्रेसको स्थिति के हो र प्रतिपक्षि दलले के गरेको छ । मूल्याङ्कन गर्नुपर्ने विषय भएको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्