Logo

महरा प्रकरणः आइतबार देखि आइतबारसम्म के के भयो



काठमाडौं, १९ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई रोशनी शाहीमाथि जर्बजस्ती गरिएको अभियोगमा छानविनका लागि प्रहरीले पक्राउ गरेको हो ।

महरा प्रकरणमा यो आठ दिनमा रोशनी शाहीको भूमिकाले शंका आशंका जन्मायो । महराले आरोप लागेर मिडियामा घटना सार्वजनिक भएकै दिन राजीनामा दिए । सात दिनमा भएका घटना यसप्रकार छन्ः

१२ असोजमा रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेका भनिएका महराबारे प्रहरीलाई सोही राति नै जानकारी पुगिसकेको थियो । प्रहरीले राति नै प्रारम्भिक अनुसन्धान गरिसकेको थियो । यो खुलिसकेको विषय हो ।

१३ असोजमा हाम्रा कुरालाई रोशनीले अन्तवार्ता दिएर जर्बजस्ती गरेको देखि महरासँगको पुरानो र वर्तमानको सम्बन्ध खुलाएकी थिइन् । तर, १४ असोजमा उनको भनाई बदलिदै गएको देखिन्छ । विहानसम्म महराका स्वकीय सचिवले जारी गरेको विज्ञप्तिको खण्डन गरेकी उनले दिउँसो महरा निर्दोष रहेको भन्नथालिन् । उनले नागरिकन्यूजलाई अन्तवार्ता दिएर महराको पक्षमा बोलिन् । त्यसपछि उनी लगातार महराको पक्षमा उभिइन् ।

१६ असोजको विहान उनको सम्बन्ध विच्छेदको विषय बाहिर आयो । पति चित्रजंग शाहीले डिभोर्सको सम्झौता गरेको पत्र सार्वजनिक गरे ।
१७ असोजमा महरा प्रकरणबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो देखायो । प्रहरीसँग यस घटनाबारे जानकारी माग्यो । लगत्तै राष्ट्रसंघीय नियोग र नेपालस्थित पाँच देशका कुटनीति नियोगले संयुक्त विज्ञप्ति जारी गरी महरा प्रकरणतर्फ लक्षित गर्दै नेपालमा महिला हिंसाबारे चासो व्यक्त गरे ।

१८ असोजमा घटनाले अर्को मोड लियो । रोशनी शाहीले प्रहरीमा कृष्णबहादुर महराविरुद्ध किटानी जाहेरी दिइन् । योसँगै अब घटनाको अनुसन्धान नयाँ मोडमा पुग्यो ।

१९ असोजमा महरा पक्राउ । पक्राउ अघि नेकपा नेताहरुको परामर्श । महरालाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओली देखि गृहमन्त्री रामबहादुर थापा बादलको अनौपचारिक निर्देशन ।

अब महरा रोशनी प्रकरणले लिने मोडबारे हरेक दिन नयाँ नयाँ कुरा आइरहेकाले फेरि अर्को कुरा आउने सम्भावना उत्तिकै छ । लहरो तान्दा पहरो गर्जंदैछ । महरा पक्राउ परिसकेपछि यो घटनाको छानविनले नयाँ मोड लिनसक्छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot