काठमाडौं, १९ असोज । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी उत्तमराज सुवेदीले अब महरा प्रकरणको अनुसन्धान चरणवद्ध तरिकाले अगाडि बढ्ने बताएका छन् । उनीसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
कृष्णबहादुर महराविरुद्ध बलात्कारको जाहेरी नेपाल प्रहरीमा प¥यो होइन ?
उहाँविरुद्ध बलात्कारको जाहेरी परेको छ ।
तपाईंहरुले कसरी अनुसन्धान गरिरहनुभएको छ ?
जब हामीलाई मौखिम रुपमा सूचना प्राप्त भयो । त्यही बेलादेखि नै विभिन्न खाले अनुसन्धान गरिरहेका थियौं । अहिले अभैm बढी अनुसन्धानका कामहरु अगाडि बढाएका छौं । अहिले जाहेर परिसकेको अवस्था छ । शुरुमा लखित जाहेरी परेको थिएन । पीडित पक्षले लिखित रुपमा जाहेरी नदिएकाले बीचमा केही अन्य प्रक्रिया अगाडि ढिला भएको थियो । पीडितपक्षको लिखित जाहेरी परिसकेकाले त्यसको प्रक्रिया एकदम स्पिडले अगाडि बढ्छ ।
पीडितपक्षको लखित जाहेर परिसकेपछि अब के के गर्नुहुन्छ ?
रोशनी शाहीले जाहेर दिइसक्नुभएको मलाई कृष्णबहादुर महराले बलात्कारको प्रयास ग¥यो भनेर ?
पीडितपक्षबाट जाहेरी परिसकेकाले कानुनबमोजिमका सबै प्रक्रियाहरु गछौं हामी ।
पक्राउ गर्नुपर्ने अथवा खानतलासी गर्नेपर्ने, थप अध्ययन अनुसन्धान गर्ने यी सबै कानुनी प्रक्रियाहरु हुन् । ती प्रक्रियाहरु सबै स्टेप वाई स्टेप पूरा हुन्छ ।
नेपाली जनतालाई स्टेप बताइदिनुस् न ?
होइन । अनुसन्धानभित्रको कुरा जथाभावी गर्नु त्यति राम्रो हुँदैन । कानुन बमोजिम गर्नुपर्ने कुरा पूर्ण गछौं र गरिरहेका पनि छौं ।
गृहमन्त्रीले पनि निधक्क छानविन गरी दोषीलाई कारबाही गर्नुस् भनिसक्नुभएको छ नि ?
घटना घटेको थाहा हुनासाथै प्रहरीहरुले गर्नुपर्ने काम गरिरहेको छ । हाम्रो संगठन प्रमुखज्यूबाट निर्देशन भएबमोजिम गर्नुपर्ने अनुसन्धानका काम गरिरहेका छौं ।
सूचना प्राप्त भएपछि हामीलाई अनुसन्धान गर्न कुनै समस्या छैन । त्यसमा गर्नुपर्ने काम गरिरहेका छौं ।
यो प्रक्रिया कहिलेसम्म टुंगिन्छ त ?
यसका प्रक्रियाहरु छन् । यसलाई अहिले नै यसरी हुन्छ भनेर नभनौं । कानुनबोजिम हुने अनुसन्धान प्रक्रिया सबै अगाडि बढेको छ । त्यसले तात्विक निष्र्कषमा पु¥याउँछ ।
गिरफ्तारका लागि अदालतको अनुमति लिनुपर्छ होइन ?
यो त बलात्कारको केस हो, पीडितपक्षले जाहेरी दिइसकेपछि के गर्दै छ नेपाल प्रहरीले ?
मैले मिडियामार्पmत भनिरहेको छु । नेपालको कानुन बमोजिम काम भइरहेको छ । सर्वसाधारलाई जुन अनुसन्धानको प्रक्रिया अपनाइन्छ त्यही अनुसार नै यो घटनाको पनि छानविन हुन्छ । त्यही अनुसार नै अगाडि बढिरहेको छ ।
त्यसो भए कृष्णबहादुर महरा रोशनीको कोठामा जानुभएको रहेछ होइन ?
अनुसन्धानका क्रममा यी कुराहरु सबै बाहिर नभनौं ।
सीसीटिभीका फुटेजहरु त तपाईंहरुले लिइसक्नुभएको छ नि ?
बाहिरको कुरा भन्दा हामीले गर्नुपर्ने सम्पूर्ण प्रक्रियाहरु अगाडि बढाएका छौं । यसलाई तार्किक निष्कर्षमा पु¥याउछौं ।
तार्किक निष्कर्षमा आजभोलि नै पुगिन्छ कि केही समय लाग्छ ?
अनुसन्धानका प्रक्रिया अहिले यति बजे सकिन्छ भन्ने त हुँदैन ।
उहाँले सांसद पदबाट पनि राजीनामा दिनुभएको छैन समस्या होला नि तपाईंलाई पक्राउ गर्न ?
कानुन बमोजिम कारबाही गर्न पटक्कै समस्या छैन । कानुनी रुपमा पनि छैन । व्यवहारिक रुपमा छैन । हामीले गर्नुपर्ने कामहरु सबै गरिरहेका छौं ।
दशैंको बेलामा काठमाडौंको शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
केही छिटफुट घटनाबाहेक अहिलेसम्म सर्वसाधारणले राम्रोसँग जाडपर्व मनाउन पाएका छन् । काठमाडौंमै बसोबास भएका र बाहिर जानुपर्ने महानुभावहरु धेरै गन्तव्यमा पुगिसक्नुभएको छ । केहीको आज, भोलिसम्म पनि जाने क्रम जारी छ । अहिले सबै हिसावले चाहे यात्रको होस्, सवारी साधनको हिसावले होस् अथवा शान्ति सुरक्षाको हिसाबले होस् यो दशैंमा काठमाडौंको अवस्था एकदमै सामान्य छ ।
शान्ति सुरक्षाको अवस्था एकदमै मजबुद छ होइन ?
एकदमै बजबुद छ । पत्रकारहरुले पनि मनिटरिङ गरिरहनुभएको छ । एक÷दुईवटा दूर्घटनाका घटनाबाहेक त्यस्तो अप्रिय घटनाहरु घटेको छैन र घट्ने पनि छैनन् ।
त्यसो भए यो दशैंमा कुनै अप्रिय घटना घटेको छैन ?
छैन र नघटोस् भन्ने हाम्रो पनि चाहना हो ।
हाम्रो देशमा हाइ प्रोफाइलका व्यक्तिहरुलाई समाउन तपाईंहरु गाह्रो हुन्छ हो ?
होइन । पक्कै पनि गाह्रो पर्दैन । कानुनमा कोही ठूलो कोही सानो हुँदैन । त्यसले कानुन बमोजिम पक्राउ गर्न कारबाही गर्न कुनै समस्या छैन ।
तपाईंहरुलाई ठूला व्यक्तिबाट दबाब आउँछ होला नि ?
दबाब दिनलाई कुनै आफन्तको चासोको विषय हुनु अस्वभाविक पनि होइन । तर, हामीले कानुन बमोजिम गर्ने कुरालाई कुनै त्यस्तो दबाब, प्रभावलाई लिएर अगाडि बढ्दैनौं ।
काठमाडौंको शान्तिसुरक्षामा कुनै समस्या छैन भनिरहँदा गुण्डाराजको अन्त्य भयो ?
जसरी विगतमा संगठित गुण्डाराज थियो त्यो त ध्वस्तै भएको छ । तर, बेराजगारलगायत विभिन्न समस्या छन् त्यसले छिटफुट टोले गुण्डाहरु यदाकदा देखिने गर्दछन् । तर, त्यसलाई पनि प्रहरीले कानुनी कठोरता अपनाएको हुनाले अहिले उनीहरुको गतिविधि सुन्य बराबर छ ।
त्यसो भए नेपालमा गुण्डाराजको अन्त्य भयो ?
भयो । भयो ।
अब कुनै समस्या छैन ?
अब पहिलाको जस्तो कुनै समस्या छैन ।
गुण्डाहरुले कुनै घटना घटनाउन सक्दैनन् ?
बिलकुलै सक्दैनन् । प्रयास गर्ला तर त्यसलाई नेपाल प्रहरीले पक्राउ गरिहाल्छ ।
शान्तिसुरक्षामा नेपाल प्रहरी सक्षम भयो अब ?
नेपाल प्रहरीले पहिलादेखि शान्तिसुरक्षाको जिम्मा लिएर सफलतापूर्वक कार्यान्वयन गरिराखको अवस्था हो । बदलिँदो परिस्थितिका कारण उब्जिएका चुनौतिहरु र सांगठानिक अपराधहरुको जालोलाई पनि तोडेर सामान्य अवस्थामा राख्न नेपाल प्ररही सधैं सफल भएको छ । अहिलेको अवस्था एकदमै सामान्य छ ।
पर्वको अवसरमा चोरले सखाप पारेको छैन ?
त्यसको लागि हामीले विशेष सुरक्षा योजना अपनाएका छौं । अर्कोतिर हाम्रो परिचालनलाई चुस्तदुरुस्त बनाएका छौं । जो घर छोडेर बाहिर जानुहुन्छ उहाँहरुलाई कुरुवा राख्न वा सुरक्षा अपनाउन सजग बनाएका छौं । घर कुरुवा भएन भने आफ्नो घर नजिकको छिमेकी र नेपाल प्रहरीलाई अनिवार्य रुपमा जानकारी गराउन आग्रह गरेका छौं । जसले गर्दा त्यो एरियामा प्रहरीले सुरक्षा व्यवस्था पनाउछ भनेका छौं । एक÷दुई ठाउँमा चोरी गर्ने प्रयास भएका थिए । जुन छिमेकीको सूचनाले कुनै ठाउँमा कुनै ठाउँमा प्रहरीको निगरानीले रंगेहात समातिएको दुईवटा घटना अहिले आएका छन् ।
अहिले धेरै मान्छे बाहिर गएका छन् त्यहाँ कसरी सुरक्षा दिनुहुन्छ ?
हामी दिनरात भनेका छैनौं । घर गएका छैंनौं रातदिन शान्तिसुरक्षाको लागि लागिरहेका छौं । काठमाडौं कार्यरत प्रहरी जनशक्ति यही छ । यिनै कुरालाई फोकस गरेर हाम्रो टोलीहरुलाई परिचालन गरेका छौं । त्यसले जुन ठाउँमा पुगेर दशैं मनाउँदै हुनुहुन्छ उहाँहरुलाई निधक्क भएर मनाउन हामी आग्रह गर्दछौं ।