Logo

भाई र मित्रलाई छुट नदिने बादल



काठमाडौं, १९ असोज । गृहमन्त्री रामबहादुर बादल नेपालको इतिहासमा यस्ता गृहमन्त्री बनेका छन् जसले आफ्नै भाई नरेश थापालाई समेत छाडेनन् । थापाले संगठित अपराधीसँग साँठगाँठ गरेको सूचना पाएपछि आइजीपी सर्वेन्द्र खनाललाई नरेशलाई पक्राउ गर्न निर्देशन दिए ।
बादलका लागि यो निकै कठिन निर्णय थियो । आफ्नै सहोदर भाईले गल्ती गरेपछि उनले आइजीपीलाई नछाड्न ठाडो निर्देशन दिए । आफ्नालाई चैन नदिने भन्दै हिरासतमा पुर्याए ।

बादलका लागि त्योभन्दा कठिन निर्णय १९ असोजको दिन बन्यो । उनले आइजीपी सर्वेन्द्र खनाललाई निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न निर्देशन दिए । आफ्नै सहकर्मीलाई पक्राउ गर्न निर्देशन दिनु सजिलो विषय थिएन । दश वर्ष लामो सशस्त्र जनयुद्ध लड्दाका सहकर्मी हुन् बादल र महरा । ज्यान जोखिममा राखेर संगै युद्ध लडेका थिए । राजनीतिले यस्तो मोड ल्यायो बादल आफ्नै मित्रलाई पक्राउ गर्न निर्देशन दिने अवस्थामा पुगे । तर, बादलले भावनामा नडुबी निर्णय लिए ।

गृहमन्त्रीका रुपमा बादलले पृथक पहिचान बनाए । जसले आफू पदमा रहँदा आफ्नै भाई र सहकर्मी समेत रहेका निवर्तमान सभामुख महरालाई पक्राउको आदेश दिए ।

बादलले आइजीपी खनाललाई घटना बाहिर आएलगत्तै बोलाएर जानकारी लिएका थिए । कसैलाई पनि छुट नदिनु भन्ने निर्देशन पाएपछि खनाल अगाडि बढेका थिए । यो घटनासँग जोडिएका धेरै तथ्य प्रमाण फेला परेपछि मात्र प्रहरी अगाडि बढेको थियो ।

विश्वस्त स्रोतका अनुसार बादलले नेकपा अध्यक्ष प्रचण्डलाई समेत महरालाई जोगाउन नसकिने जानकारी गराएका थिए । घटनाले पार्टी र सरकारको समेत बदनाम हुनेभन्दै आवश्यक कानुनी कारबाहीमा अगाडि बढ्नुपर्ने बताएपछि प्रचण्ड पनि राजी भएका थिए । File Photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot