Logo

महरा हिरासतमा सीसीटीभीको निगरानीमा



काठमाडौं, २० असोज । प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सीसीटीभीको निगरानीमा राखिएको छ । अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका महरालाई थुनुवा राख्ने कोठामा राखिएको छ जहाँ सीसीटीभीको निगरानी रहेको छ ।

महरालाई साँझ वृत्तमा पुर्याएपछि उनलाई अलग्गै कोठा दिइएको हो जहाँ थुनुवा राख्ने गरिएको छ । तर, उनलाई अन्य थुनुवा राखिएको ठाउँमा भने राखिएन ।

प्रहरी स्रोतका अनुसार महरा सामान्य ढंगले प्रस्तुत भएका थिए । उनी राति सीसीटीभीको निगरानीमा रहेको कोठामा सुतेका थिए । तर, उनको स्वास्थ्यमा भने समस्या रहेको बुझिएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि जर्बजस्तीको प्रयास गरेको भनी महराविरुद्ध किटानी जाहेरी दिएपछि १९ असोजमा सभामुखको सरकारी निवासबाट महरा पक्राउ परेका थिए ।



प्रतिक्रिया दिनुहोस्