Logo

महरा अस्पतालको बेडमा बस्ने



काठमाडौं, २० असोज । एकरात प्रहरी हिरासतमा बिताएका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना हुने भएका छन् । रक्तचापको समस्या भएपछि उनलाई अस्पताल लगिने भएको हो ।

अस्पतालमा भर्ना भएर बेडमा रहनेगरी महरा परिवारले तयारी गरेको छ । प्रहरी हिरासतमा रहँदा स्वास्थ्यमा थप समस्या हुने भएकाले उनलाई अस्पतालको बेडमा राख्ने गरी तयारी भएको बुझिएको छ ।

तर, महरा थुनुवाकै रुपमा अस्पतालमा रहनेछन् । प्रहरी हिरासतमा बस्न नपरोस् भन्ने हेतुले भीआइपी थुनुवाहरु विगतमा पनि अस्पताल भर्ना हुनेगरेका थिए । महराको भने स्वास्थ्यमा समस्या रहेकाले उनी अस्पताल बस्न सक्छन् ।

दशैंको बेला भएकाले अदालती कारबाही बन्द भएकाले लामो समय प्रहरी हिरासतमा बस्नुपर्ने हुनसक्छ । अनुसन्धानका लागि कम्तिमा अझै एक हप्ता प्रहरी हिरासतमा रहनुपर्ने अनिवार्य अवस्था भएकाले महराले अस्पताको बेड रोज्न लागेका हुन् । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot