Logo

सुरक्षालाई दृष्टिगत गरी महरालाई प्रहरीकै खाना



काठमाडौं, २० असोज । प्रहरी हिरासतमा रहेका कृष्णबहादुर महरालाई बाहिरको खाना खान दिइएको छैन । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका उनको सुरक्षालाई दृष्टिगत गरी बाहिरको खाना नदिइएको बुझिएको छ ।

महरालाई उनको परिवारका सदस्य र स्वकीय सचिवसँग मात्र भेट्न दिइएको छ । सुरक्षा र अनुसन्धान प्रभावित हुनसक्ने भन्दै परिवारका सदस्य र स्वकीय सचिवसँग मात्र भेट्न दिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

महराको स्वास्थ्यमा समस्या आएको छ । उनको प्रहरी अस्पतालका डाक्टरहरुले चेकजाँच गरेका छन् । उनको रक्तचाप बढेको र स्वासप्रश्वासमा समेत समस्या देखिएको छ ।

संसद सचिवालयकी कर्मचरी रोशनी शाहीले जर्बजस्तीको आरोप लगाएर किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई १९ असोजमा नियन्त्रणमा लिएको हो । उनलाई सभामुखको सरकारी निवासबाट नियन्त्रणमा लिइएको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot