Logo

फुटबलको विषयमा विवाद हुँदा काभ्रेमा फायरिङ



बनेपा, २० असोज : फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ ।

“फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने , “एक राउण्ड गोली फायरिङ भएको पाइएको छ, फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको छ ।”

छलफलमा विवाद भएपछि गोली चले पनि कसैलाई नलागेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । रोशी गाउँपालिका–११ कालढुङ्गास्थित पञ्चबुद्ध युवा क्लबको आयोजनामा नेपालीको महान् चाड दशैँको अवसरमा असोज २२ गतेबाट ‘खुल्ला बृहत् रोशी कप’को आयोजना गर्ने तयारी भइरहेको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्