Logo

महात्मा गान्धीलाई नोवेल शान्ति पुरस्कार दिलाउन नेपालको पूर्ण साथ छ : ऋषि धमला



‘नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि बिर्गान सक्दैन्’
काठमाडौं, २० असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले महात्मा गान्धीको अहिंसात्मक आन्दोलनले विश्वलाई शान्तिको मार्गमा अघि बढाएको स्पष्ट पारेका छन् ।

महात्मा १५० औं जन्म शताब्दीको अवसरमा सोमबार काठमाडौंमा आयोजित ईन्टरनेश्नल गान्धी पिस एम्बासडर समिटमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पत्रकार धमलाले यस्तो बताएका हुन् । उनले नेपालमा पनि गान्धीका अनुयायीहरु धेरै रहेको सुनाए । गान्धीको अहिंसात्मक आन्दोलन पूरा विश्वको लागि अनुकरणीय भएको पनि धमलाको भनाई छ ।

नेपालमा तत्कालिन् अवस्थामा सशस्त्र जनयुद्ध छोडेर प्रचण्डले पनि गान्धीकै पथ समातेर शान्तिको पथमा आएको धमलाले सुनाए । गान्धीलाई नोवेल शान्ति पुरस्कार दिलाउनको लागि नेपालले आफ्नो तर्फबाट पूर्ण साथ र समर्थन रहने पनि धमलाले स्पष्ट पारे ।

गान्धी पिस फाउण्डेशन नेपालका अध्यक्ष लालबहादुर रानाको सभापतित्वमा आयोजित समिटमा उनले भने,‘गान्धीजीलाई नोवेल शान्ति पुरस्कार दिलाउनको लागि तीन करोड नेपालीको साथ छ । नेपालको मिडयाले पनि पूर्ण साथ र सहयोग गर्छ । २०२० सम्म मनोनित गर्नुपर्ने भन्ने रैछ, ढुक्क हुनुहाुेस् गान्धीलाई यो पुरस्कार दिलाउनको लागि नेपालमा सर्वसम्मती सहमति छ।’

फरक प्रसँगमा उनले नेपाल–भारत सम्बन्ध कसैले चाहरेर पनि बिगार्न नसक्ने ठोकुवा गरे । उनले भने,‘हामीबीच जनस्तरको सम्बन्ध छ । ऐतिहासिक सम्बन्ध छ । मोदीको भीजन जो छ, यो विश्वको लागि अनुकरणीय छ । भारतमा महात्मा गान्धीको पछि मोदी विश्वमञ्चमा उदाए । विकास र समृद्धिको लागि मोदीले चमात्कारिक नेतृत्व लिए ।’

उक्त समिटमा विश्का धेरै देशबाट आएका दुतहरु, गान्धीवादी चिन्तक एवम् विचारको द्धारा विजयी भावमा श्रद्धाज्ली व्यक्त गरेका थिए। उक्त समिट गान्धी पिस फाउण्डेशन नेपाल एवम् सत्याग्रह रिसर्च फाउण्डेशन, भारतको संयुक्त आयोजनामा भएको थियो । समिटमा अष्ट्रेलिया, बंगलादेश, नेपाल, भारत, श्रीलंका, बेलायतका दुतहरुको उपस्थिति छ ।

कार्यक्रममा पद्यमश्री डा. विजयकुमार एस. साह, डा. भुपेन, डा. राजीव पल, विक्रम अडल्फ र अधिवक्ता दिनदया रिजालले गान्धीको व्यक्तित्वको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा पत्रकार धमलालाई फाउण्डेशनले विभन्न ताम्रपत्र तथा चर्खा दिएर सम्मान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्