Logo

झरनामा खसेर मरेका हात्ती निकाल्नै मुश्किल भएपछि दुर्गन्ध फैलने खतरा



थाइल्यान्डको झरनामा खसेर मरेको छ वटा हात्ती अझै निकाल्न सकिएको छैन । एक अर्कालाई बचाउने क्रममा खसेर मरेका हात्ती निकाल्न त्यहाँका अधिकारीहरुले प्रयास जारी राखेका छन् ।

शनिबार निकै अग्लो हेल फल नामको झरनाबाट हात्ती खसेका थिए । जसमध्ये छ वटा मरेका थिए भने दुईवटाको जिवितै उद्दार गरिएको थियो । खाओ य राष्ट्रिय निकुञ्जमा घटेको घटनाको संसारभर ध्यान खिचिएको थियो ।

मरेका हात्ती कुहिएर पानी प्रदूषित हुने भन्दै थाइल्यान्डको निकुञ्जका अधिकारी गम्भीर भएका छन् । मरेका हात्ती गन्हाउने र पानी समेत प्रदूषित भई रोग फैलन सक्ने खतरा बढेको छ ।-एजेन्सी Photo Credit: EPA



प्रतिक्रिया दिनुहोस्