Logo

महरा प्रकरणमा नेकपाका केही नेताले बैठक बसी षड्यन्त्र भएको निष्कर्ष निकाले



काठमाडौं, २० असोज । नेपाल कम्युनिष्ट पार्टीका केही नेताहरुले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि गम्भीर षड्यन्त्र भएको निष्कर्ष निकालेका छन् । पूर्व माओवादीभित्रका महरा निकटस्थ केही नेताहरुले बैठक बसी यस्तो निष्कर्ष निकालेका हुन् ।

बैठकपछि एक नेताले रिपोर्टर्स नेपालसँग भने, महरा कमरेडमाथि राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्र भएको देखिन्छ । घटनाको सूक्ष्म विश्लेषण गरी निष्कर्ष निकालेको ती नेताले बताए ।

महरामाथिको आरोप, राजीनामा र पक्राउका घटनालाई गम्भीरतापूर्वक लिएको भन्दै त्यसबारे पार्टीको शिर्ष तहमा आफ्नो धारणा राख्ने महरा निकटस्थ एक नेताले बताए । उनले भने, षड्यन्त्रका लागि कसैलाई तयार गरिएको आशंका छ ।

१२ असोजमा तीनकुनेस्थित रोशनी शाहीको कोठामा पुगी महराले जर्बजस्ती गरेको अभियोग छ । त्यसपछि विकसित घटनाक्रमले महरालाई राजीनामा दिन वाध्य बनायो । उनी १९ असोजमा पक्राउ परे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot