काठमाडौं, २० असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासतमा दोस्रो रात हो । उनी हिजो जसरी नै आज पनि अनामरगनस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रात काट्दैछन् ।
१९ असोजको साँझ पक्राउ परेका उनलाई सिंहदरबार वृत्तमा राखिएको हो । हिरासतमा रहँदा महराको स्वास्थ्यमा समस्या आएको बताइएको छ । उच्च रक्तचाप र स्वास प्रश्वासको समस्यामा परेको बुझिएको छ ।
महराको सुरक्षामा उच्च शतर्कता अपनाइएको छ । उनको सुरक्षालाई दृष्टिगत गरी हिरासतमा परिवारका सदस्य र नभेटी नहुने नजिकका मान्छेलाई मात्र अनुमति दिइएको छ । उनलाई प्रहरीले नै खानाको व्यवस्था गरिरहेको छ ।
महरालाई राखेको कोठामा २४ घन्टै सीसीटीभी निगरानी रहेको छ । उनले अझै केही दिन हिरासतमा बस्नुपर्ने हुनसक्छ । File Photo