काठमाडौँ, २१ असोज : हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदै छ ।
पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत आज बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसाको समयमा टीका लगाउने प्रचलन छ ।
दशैँँमा दक्षिणाका रुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने पनि चलन हो । काठमाडौँ उपत्यकाका सडकमा टीका थाप्न जाने आउनेको चहल पहल शुरु भएको छ ।
दशैँँको विदा भएको र काठमाडौँ बाहिर दशैँँ मान्न ठूलो सङ्ख्यामा मानिस गएकाले काठमाडौँको सडक भने प्रायः सुनसान देखिएको छ । रासस