काठमाडौं, २१ असोज । बडादशैंको महत्वपूर्ण दिन विजया दशमीमा देशका अधिकांश स्थानमा वर्षा भएको छ । काठमाडौं उपत्यकामा मंगलबार अपरान्ह छिटफुट वर्षा भएकोमा साँझपख हल्का वर्षा भयो ।
साँझ केही घन्टा पानी परेपछि मौसम चीसो भएको थियो । केही दिनयता उपत्यकालगायतका स्थानमा तापक्रम बढेको थियो । पानी परेपछि मौसममा केही परिवर्तन भएको छ ।
ल्गातार पानी परेपछि हिले दशैं हुने हो कि भन्ने आशंका समेत बढेको थियो । तर, हल्का वर्षा भएकाले वातावरणमा सकारात्मक असर परेको छ ।
यसैगरी मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन निष्कृय भइसकेको जनाएको छ । अब मनसुनी वर्षा करिब करिब समाप्त भइसकेको छ । File Photo