Logo

प्रधानमन्त्रीको हातबाट टीका लगाउँदा इश्वरलाई जमराको माला, आइजीपी खनाललाई आशिर्वाद (तस्बिरसहित)



काठमाडौं, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टीका लगाउन पुगेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई जमराको माला मिलेको छ । टीका लगाउनेको पंक्तिमा सबैभन्दा अगाडि रहेका उनलाई ओलीले जमराको माला पहिर्याइदिएका थिए ।

ओलीले निकै महत्व दिएपछि पोखरेल निकै खुशी भई मुस्कुराएका थिए । ओलीसँग टीका थाप्न जाँदा विशेष आशिर्वाद पाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ओलीको हातबाट टीका थाप्न सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, पर्यटनमन्त्री योगेश भट्टराई, महिलामन्त्री थममाया थापा, सञ्चारमन्त्री गोकुल बास्कोटालगायत पुगेका थिए । तर, इश्वर पोखरेल र गोकुल बास्कोटाले निकै महत्व पाए ।

यसैगरी, आइजीपी सर्वेन्द्र खनाल पत्नी प्रमिला खनाललाई लिएर प्रधानमन्त्रीको हातबाट टीका लगाउन पुगेका थिए । खनाललाई ओलीले कर्तव्य निर्वाहमा सफलताको कामना गरेका थिए । प्रधानमन्त्रीबाट सकारात्मक सन्देशसहितको आशिर्वाद पाएपछि खनाल खुशी भएर बालुवाटारबाट फर्किएको बुझिएको छ ।

 

तस्बिर स्रोत: रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot