काठमाडौँ, २२ असोज : मध्यपुर ठीमी लाय्कूदरबारबाट बुधबार पापाकुङ्शा एकादशीका दिन मनाइने भूइफसी (कुभिण्डो) जात्रामा बालकुमारी र नारायणीको मूर्ति परिक्रमा गरिँदै । जात्रामा खडग, तरवार तथा भाला लिएर जात्रामा सहभागी हुँदै गुठीयारहरु । कुभिण्डोलाई लायकू दरबारबाट जात्रा गरी इनायलाछी, दुईपोखरी, दिगु भैरव परिक्रमा गरी दथुटोल, मरुटोल हुँदै बालकुमारी मन्दिर परिक्रमा गरी मन्दिर परिसरमा कुभिण्डो काट्ने प्रचलन छ ।
तस्वीर : रत्न श्रेष्ठ ।