Logo

दशैंलगत्तै स्वास्थ्य परीक्षणको लागि प्रधानमन्त्री सिंगापुर जाने



काठमाडौं, २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको लागि पूनः सिंगपुर जाने तयारीमा जुटेका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलगत्तै प्रधानमन्त्री ओली सिंगापुर जाने तयारीमा रहेको उच्च स्रोतले जानकारी दियो ।

ओलीको स्वास्थ्यमा केही समस्या देखिएकोले उनी त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओली यसअघि पनि सिंगापुर दुई साता बसेर फर्किएका थिए । १२ वर्ष मृगौला प्रत्यारोपण गराएका ओलीको मृगौलामा पुनः समस्या देखिएपछि उनी सिंगापुर गएका थिए ।



प्रतिक्रिया दिनुहोस्