Logo

टर्कीद्वारा उत्तरी सिरियामा स्थल आक्रमण



काठमाडौं । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टामा स्थल आक्रमण सुरु गरेको छ।टर्कीका फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा पसेको टर्कीका अधिकारीहरूले बताएका छन्।

टर्कीका राष्ट्रपति रेजप ताय्यिप एर्दोआनले सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्नु हो।

राष्ट्रपति ट्रम्पले उत्तरी सिरियाबाट आफ्नो फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द क्षेत्रमा हमला गरेको छ। अमेरिकाको उक्त कदमले टर्कीलाई आक्रमण गर्न बाटो खुलेको ठानिएको छ।

बुधवार टर्कीको सेनाले सीमा क्षेत्रमा रहेका कैयौँ सिरियाली नगरहरूमा हवाई हमला तथा गोलाबारी गरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot