Logo

चीनसँग सुर्पुदुगी सन्धि नहुने



काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणको क्रममा हुने भनिएको सुर्पुदुगी सन्धी नहुने भएको छ । यसअघि नेपालले चीनसँग सुर्पुदगी सन्धिमा हस्ताक्षर गर्ने तयारी गरेको समाचार बाहिरिएको बेला अन्ततः उक्त सन्धि नगर्ने निश्कर्षमा सरकार पुगेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त सन्धि नहुनेबारे प्रधानमन्त्रीलाई आजमात्रै ब्रिफ गरेका थिए ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा सीको नेपाल भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको छलफलमा पनि यो विषयमा छलफल भएको थियो । छलफलका क्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले सन्धिमा हस्ताक्षर नहुने जानकारी दिएका हुन्।

सुपुर्दगी सन्धि यो पटकको सीको भ्रमणमा नहुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने,”अहिले हुँदैन, अरु देशहरूसँग पनि छलफल भइरहेको छ, चीनसँग छलफल हुन्छ तर यो भेटमा हस्ताक्षर हुँदैन। यसबारे अरू छिमेकी राष्ट्रसँग छलफल भइरहेको छ। यस भेटमा हस्ताक्षर नभई छलफल मात्रै हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot