Logo

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पूर्वाभ्यास



काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिबार हुने राजकीय नेपाल भ्रमणका लागि तयारी पूरा हुँदैछ । यसका लागि सुरक्षा योजना समेत बनिसकेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली सुरक्षाका लागि तैनाथ भइसकेको छ । सुरक्षाका लागि पूर्वाभ्यास हुँदैछ । एयरपोर्ट देखि जिनपिङ जाने स्थानसम्म पूर्वाभ्यास हुने बुझिएको छ ।

अहिले राजधानीमा पोशाकसहित र रहितका सुरक्षाकर्मी व्यापक तैनाथ गरिएका छन् । शहरका मुख्य स्थानहरुमा सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति छ । तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot