Logo

इक्वेडरमा इन्धनको मूल्य बृद्धिको विरोध



२२ असोज  : इक्वेडरमा इन्धनको मूल्य वृद्धिको विरोधमा एक हप्ता अघिबाट शुरु भएको हिंसात्मक झडप जारी रहेको छ ।

गत अक्टोबर १ मा राष्ट्रपति लेनिन मोरेनोले इन्धनको लागतलाई कम गर्दै सरकारी अनुदान अन्त्य गर्ने घोषणा गर्नु भएको थियो । जसको कारण १२३ प्रतिशत सम्म इन्धनको मूल्य वृद्धि हुने भएको थियो ।

यो उपाय अन्तर्रािष्ट्रय मुद्रा कोषमा सहमति भएका सुधारहरू मध्येको एक हो । जसले इक्वेडरलाई ४.२ अर्ब डलर क्रृण लिन मद्दत र्पुयाउँछ ।

अक्टोबर २ मा करिब ३०० प्रदर्शनकारीहरू राजधानीमा केन्द्रीय बैंक बाहिर जम्मा भएर विरोध प्रदर्शनको गर्नुको साथै मोरेनोको राजीनामाको माग गरेका थिए ।
सरकारी मुख्यालयनजिकै रहेको क्विटोको ऐतिहासिक केन्द्रमा आदिवासी समूह, किसान, विद्यार्थी र मजदुर युनियनको प्रतिनिधित्व गर्ने हजारौं व्यक्तिहरूले प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शनको क्रममा सुरक्षाबल गरेको कारबाही करिव ३० जना घाइते छन् र दर्जनौं पक्राउ परेका छन् । बस र ट्याक्सीहरू क्विटो र अन्य शहरहरूमा हडताल गरेका छन् । राष्ट्रपति मोरेनोले सङ्कटकालीन घोषणा गर्नु भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्