Logo

५-० को हारको बाबजुद फिफा वरियतामा ११७ औं स्थान माथिको अष्ट्रेलियासँग नेपालको बहादुरी



काठमाडौं, २३ असोज । विगतमा बलिया फुटबल टोलीसँग नेपालले दर्जन या आधा दर्जन गोल खान्थ्यो । यसपटक अष्ट्रेलियासँग त्यसो भएन । नेपालले खेलमा हार व्यहोरेपनि उच्च मनोबलका साथ प्रदर्शन गरेर समर्थक र दर्शकको मन जित्यो । नेपाली खेलाडीले अष्ट्रेलियाको क्यानबेरामा खेलेर हारका बाबजुद समर्थकलाई निराश पारेनन् ।

टोलीले खेल अवधिभर अष्ट्रेलियाको एकपछि अर्को आक्रमणको सामना गर्यो । गोलका थुप्रै अवसरलाई असफल बनाइदियो । नेपाली गोलकिपर किरण चेम्जोङ र रक्षापंक्तिका खेलाडीहरु निकै व्यस्त रहेपनि नेपालको प्रतिष्ठा राख्न उच्च मनोबल बनाइरहे ।

एशियाली छनोटको समूह बी अन्तगत अष्ट्रेलियासँगको विश्वकप फुटबल छनोटमा नेपालले ५-० को हार व्यहोरेको छ । अष्ट्रेलियाको घरेलु मैदानमा पहिलो हाफको छैठा मिनेटमै गोल खाएपछि नेपाली टोली सम्हालिन सकने । अष्ट्रेलियाले पहिलो हाफमा तीन गोल गर्यो । अष्ट्रेलियाका लागि छैठौं र १९ औं मिनेटमा जेमी म्याकल्यारेनले गोल गरेका थिए । ९० औं मिनेटमा गोल गर्दै म्याकल्यारेनले ह्याटिक पूरा गरेका थिए । २३ औं मिनेटमा हेरी सुटरले गोल गरे । दोस्रो हाफको ५९ औं मिनेटमा सुटरले गोल गरेका थिए ।

नेपाली टोलीमाथि हावी भएको अष्ट्रेलियालाई रोक्न नेपाली टोलीलाई हम्मे परेको थियो । जतिसक्दो कम गोल खाने रणनीतिका साथ रक्षात्मक खेल खेलेको नेपालले दोस्रो हाफमा थप गोल खायो । नेपालको प्रदर्शनलाई नराम्रो मान्न सकिने छैन । आफूभन्दा फिफा वरियतामा ११७ औं स्थान माथि रहेको देशसँग नेपाली टोलीले उसको मैदानमा बहादुरीताका साथ खेलेको थियो । फुटबलको सर्वोच्च संस्थ फिफा वरियतामा नेपाल १६१ औं स्थानमा छ । अष्ट्रेलिया ४४ औं स्थानमा छ ।

विश्वकप फुटबलको एशियाली देशहरुको छनोटको दोस्रो संस्करणमा नेपालले पहिलो खेलमा कुवेतसँग ७-० को हार व्यहोरेको थियो । दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले पराजित गर्यो । Photo Source: youtube and FIFA



प्रतिक्रिया दिनुहोस्

Screenshot