Logo

युवाको सक्रियतामा मन्दिर निर्माण



तम्घास, २४ असोज : स्थानीय युवाको सक्रियतामा गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लास्थित अजिमिर कोतमा झण्डै रु ७५ लाखको मन्दिर निर्माण गरिएको छ ।

मन्दिर निर्माण गर्न रु ४८ लाख ६६ हजार रकम सङ्कलन भएकामा गाउँपालिकाले पनि रु २५ लाख रकम विनियोजन गरेको थियो । अजिमिर कोतमा हरेक वर्षको दशैँमा नवमीको दिन बलि चढाउने गरिन्छ भने एकादशीको दिन सरायँ नाच हुने गर्दछ ।

युवाहरुले शुरु गरेको उक्त अभियानमा गाउँलेले पनि साथ दिएको मन्दिर निर्माण अभियन्ता राजेन्द्र घिमिरेले बताए । मन्दिरको तल सरायँ खेल्ने ठाउँको निर्माण गरिएको छ भने मन्दिरमा प्रवेश गर्न तीन ठाउँबाट सिँढी निर्माण गरिएको छ । मन्दिरमा सहयोग रकम उपलब्ध गराउने व्यक्तिहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ ।

मन्दिरसम्म जाने बाटो, पानीलगायतका थुप्रै काम बाँकी रहेकाले ती कामहरु पनि क्रमशः पूरा गरिने मन्दिर व्यवस्थापन समितिका सचिव तीर्थ घिमिरेले जानकारी दिए । गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले राज्यले गर्ने काम युवाहरुले गरेको भन्दै प्रशंसा गरे । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot