Logo

काङ्ग्रेस नेत्री वनको निधनप्रति दुःख व्यक्त



काठमाडौँ, २४ असोज  : नेपाली काङ्ग्रेसले पार्टीकी नेत्री सरिता वनको निधनमा दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी असोज २० गते ललितपुरको सातदोबाटोमा ट्रकको ठक्करबाट निधन भएकी वनप्रति दुःख व्यक्त गरेको हो ।

पार्टीकी क्रियाशील सदस्य वन विसं २०३६ मा पद्मकन्या क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सदस्य निर्वाचित भएको थियो । पञ्चायतकालमा काङ्ग्रेसको सिद्धान्त, आदर्शबाट प्रेरित भई आन्दोलनको अग्रमोर्चामा सदैव क्रियाशील रहने वनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय योगदान पुर्याएको थियो ।

वनकोे निधनबाट पार्टीले एक कुशल महिला नेत्री गुमाएको काङ्ग्रेसले जनाएको छ । काङ्ग्रेसले वनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot