Logo

राष्ट्रपति भण्डारी असोज ३० गते म्यानमार जाने



कात्तिक १ गते उतैबाट जापान जाने 

काठमाडौं, २४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी यही असोज ३० गते म्यानमार जाने भएकी छिन् । म्यानमारका राष्ट्रपति विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी असोज ३० गते म्यानमार जाने मिति तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्रोतकाअनुसार राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान जानेपनि निश्चित् भएको छ । उनी कात्तिक १ गते जापान जाने मिति भएको हो । जापानमा राष्ट्रपति भण्डारी त्यहाँका सम्राट नारुहितोको राज्यभिषेक समारोहमा सहभागी हुनेछिन् । उक्त समारोहमा विश्वभरका नेताहरुलाई बोलाइएको छ । राष्ट्रपति भण्डारीको भ्रमणलाई सरकारले पनि उच्च प्राथमिकता दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot