Logo

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, व्यवस्थापनबारे परराष्ट्र मन्त्रालयमा बृहत्त छलफल



काठमाडौं, २४ असोज । दुई दिने राजकीय भ्रमणमा नेपाल आउने लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको तयारी र व्यवस्थापनबारे अहिले परराष्ट्र मन्त्रालयमा बृहत्त छलफल सुरु भएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको नेतृत्वमा सबै मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरु र काठमाडौं महानगरपालिकाका मेयरसहितको उपस्थितिमा छलफल सुरु भएको छ ।

नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । उनले भने,‘हामीले महामहिम चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमणको सम्पूर्ण तयारी पूरा गरेका छौं ।’

राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणको क्रममा भोलि शनिबार नेपाल आउने कार्यक्रम छ। सी भ्रमणका क्रमममा रेल्वे, सडक, फाइबर, विद्युत्‌का ट्रान्समिसन विस्तारको एजेन्डा रहने बताए। उनका अनुसार दुई देशका अधिकारीबीचअरनिको राजमार्ग स्तरोन्नति,रसुवागढी(छहरे(काठमाडौं टनेल, रेल्वे, उत्तर(दक्षिण करिडोर, सीमा व्यवस्थापनका विषयमा सकारात्मक छलफल चलिरहेको छ।

मन्त्री बाँस्कोटाले २३ वर्ष पछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई सफल मात्रै नभइ ऐतिहासिक बनाउन सरकार लागि परेको बताए । उनले राष्ट्रपति सीको भ्रमण पूर्ण सफल पार्न नागरिक, विभिन्न राजनीतिक दलहरुबाट सहयोग हुने आशा र अपेक्षा राखेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot