Logo

चिनियाँ राष्ट्रपति चेन्नईबाट काठमाडौं प्रस्थान्



काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनफिङ भारतको चेन्नाइबाट काठमाडौं उडेका छन् । दुई दिने नेपाल भ्रमणको क्रममा सी भारत हुँदै नेपाल आउँदैछन् । सी राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा आज नेपाल आउन लागेका हुन् । राष्ट्रपति सीको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारी स्वयम विमानीस्थलमा पुग्ने कार्यक्रम तय भएको छ । सीलाई विमानस्थलमै गार्ड अफ अनर दिईनेछ । त्यहाँबाट सी सिधै उनी बस्ने होटल सोल्टी पुग्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्