काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनफिङ केही बेरमै काठमाडौं अवतरण हुने कार्यक्रम छ । उनको स्वागतको लागि सरकारले भव्य तयारी गरिसकेको छ । आज शनिबार विदाको दिनमा पनि सरकारका विभिन्न मन्त्रालयले आफ्ना कर्मचारीहरुलाई पोशाकमै सीको स्वागतको लागि सडकमा उत्रिन उर्दी जारी गरेसँगै कर्मचारीहरुको ठूलो संख्या लामवद्ध भएर सीको स्वागत गरिरहेका छन् । तस्विर स्रोत : अनलाईनखबर