Logo

रात दिन चलाइयो ब्रुमर



काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण अघि उनी यात्रा गर्ने सडकमा ब्रुमर चलाइएको छ । काठमाडौं महानगरपालिकाको सबै ब्रुमर रातदिन चलाएर धुलो तानिएको छ ।

ब्रुमर त्रिभुवन विमानस्थलको सडक देखि तीनकुने, बानेश्वर, माइतीघर, त्रिपुरेश्वर, सोल्टीमोड, रत्नपार्क, लाजिम्पाटलगायतका स्थानको मुख्य सडकमा ब्रुमर चलाइएको हो । सडक पानीले समते पखालिएको छ ।

सडकको वरपर फूल र रुखका विरुवा रोपिएको छ । कतिपय स्थानमा गमला राखिएको छ । सडकमा रातारात पिच गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्