Logo

चिनियाँ राष्ट्रपति चढेको विमान अवतरण, स्वागतका लागि राष्ट्रपति भण्डारी विमानस्थलमा



काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ सवार विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । उनी चढेको एयर चाइनाको विमानमा साँढे चार बजे अवतरण गरेको हो ।

सी चढेको विमान चेन्नईबाट सिधै काठमाडौं अवतरण गरेको हो । उनको स्वागतका लागि राष्ट्रप्रमुख विद्यादेवी भण्डारी त्रिभुवन विमानस्थल पुगिसकेकी छिन् । उनलाई अति विशिष्ट कक्षमा स्वागत गरिदैछ । File Photo



प्रतिक्रिया दिनुहोस्