Logo

मोदीले सीसँगको भेटपछि तमिलनाडुलाई धन्यवाद दिए



काठमाडौं, २५ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तमिलनाडुलाई धन्यवाद दिएका छन् । भारतको अनौपचारिक भ्रमणमा पुगेका चिनियाँ राष्ट्रपित सी जिनफिङको स्वागतमा तमिलनाडुले देखाएको उच्च सद्भावलाई लिएर मोदीले तमिलनाडुलाई धन्यवाद दिएका हुन् । आफ्नो ट्विटरमा सीसँगको फोटो सेयर गर्दै उनले यस्तो बताएका हुन् । सीसँग आफ्नो फलदायी वार्ता तथा छलफल भएको पनि मोदीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्