Logo

चिनियाँ राष्ट्रपति सीलाई गार्ड अफ अनर दिईयो (भिडियोसहित)



काठमाडौं, २५ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा भर्खरै त्रिभुवन विमानस्थलमा ओर्लिएका चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्मानार्थ नेपाली सेनाको एक टुकडीले गार्ड अफ अनर दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा उनलाई सम्मान गारथ दिईएको हो । नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो ।

नेपालको द्विदिवसीय भ्रमणमारहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गरेका थिए । उनीहरुलाई चिनियाँ विशिष्ट अतिथिको स्वागतमा पञ्चकन्याले साथ दिएका थिए ।

त्यसअघि राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गरेकी थिईन् । चीनका राष्ट्रपति सीको काठमाडौँ आगमनसँगै उनको राजकीय भ्रमण प्रारम्भ भएको छ । विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गरेका थिए ।

CHINESE PRESIDENT XI JINPING'S NEPAL VISIT

CHINESE PRESIDENT XI JINPING'S NEPAL VISIT

Posted by Nepal Television on Saturday, 12 October 2019

VIDEO SOURCE: NEPAL TELEVISION



प्रतिक्रिया दिनुहोस्