Logo

देउवाले चिनियाँ राष्ट्रपतिलाई आजै भेट्ने



काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनफिङ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच एक्लाएक्लै भेटवार्ता हुने भएको छ । शनिबार अपरान्ह काठमाडौं आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री देउवासँग आजै साँझ भेट हुने भएको छ ।

सी आज अपराह्न विशेष विमान एयर चाईनाबाट काठमाडौँमा अवतरण गरेका हुन् । नेपालको द्विदिवसीय भ्रमणमा रहनुभएका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गर्नुभयो । उहाँहरूलाई चिनियाँ विशिष्ट अतिथिको स्वागतमा पञ्चकन्याले साथ दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्