Logo

चिनियाँ राष्ट्रपति शितलनिवासमा, राष्ट्रपतिसँग महत्वपूर्ण भेटवार्ता सुरु



काठमाडौं, २५ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनफिङ यतिवेला राष्ट्रपति कार्यालय शितलनिवासमा पुगेका छन् । विमानस्थलमा ओर्लिएलगत्तै आफू बस्ने होटल सोल्टी पुगेका सी त्यहाँ केही बेर आराम गरेपछि सिधै शितलनिवास पुगेका हुन् । चिनियाँ राष्ट्रपति सी र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबीच महत्वपूर्ण भेटवार्ता सुरु भएको छ ।

File Photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्