Logo

‘केरुङ काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग नेपालीको चाहना’



काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग हेर्न चाहेको बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै उनले नेपाली जनताको चीनसँगको रेलमार्गबाट जोडिने चाहना रहेको बताएकी हुन् ।

‘नेपाली जनताले केरुङ काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग हेर्न चाहेका छन्,’ भण्डारीले भनिन् । उनले नेपालमा लगानीको वातावरण रहेको भन्दै चिनियाँ लगानी वृद्धिको आव्हान समेत गरिन् । त्यसका लागि सुरक्षाको वातावरण रहेको बताइन् ।

भ्ण्डारीले नेपाल भ्रमण गरेकोमा सीलाई धन्यवाद दिदै दुई देशको सम्बन्ध अहिलेसम्मकै उचाईमा पुगेको बताइन् । आफू रेशमी मार्गको उद्गमस्थल र राष्ट्रपति सीको जन्म स्थान पुगेको स्मरण गरिन् । चीनको आर्थिक विकासबाट नेपाल खुशी भएको बताइन् ।



प्रतिक्रिया दिनुहोस्