Logo

सीको स्वागतमा राष्ट्रपति र प्रधानमन्त्रीसहितको सिंगो क्याबिनेट



काठमाडौं, २६ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना शनिबार साँझ अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सबैभन्दा रोचक प्रधानमन्त्री केपी शर्मा ओलीसहित सिंगो क्याबिनेटनै एयरपोर्ट पुगेको थियो ।

विमानस्थलको अति विशिष्ट कक्षमा ओलीसँग लामवद्ध भएर उपप्रधानमन्त्रीद्धय इश्वर पोखरेल र उपेन्द्र यादवसहित सरकारका सबै मन्त्री विमानस्थल पुगेका थिए । नेपालको इतिहासमा राष्ट्र प्रमुखसहित सिगो क्याबिनेट कुनै देशका राष्ट्र प्रमुखको स्वागतमा पुगेको यो रोचक घटना थियो ।

अन्तर्राष्ट्रिय मिडियाले पनि ओली सरकारको सिंगो क्याबिनेट सी को स्वागतमा पुगेको विषयलाई प्राथमिकताका साथ उल्लेख गरेका छन् । इन्डियन एक्सप्रेसमा रणनीतिक अध्ययनका जानकार सी राजामोहनले ओली सरकारको सिंगो क्याबिनेट सीको स्वागतमा विमानस्थल पुगेको उल्लेख गरेका छन् । Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्