Logo

चिनियाँ राष्ट्रपति सी र राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाबीच भेटवार्ता, के कुरा भयो ?



काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सीसँग संघीय संसदका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल राजनीतिक स्थायित्व हासिल गरी समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै मित्रराष्ट्र चीनको सहयोग अपरिहार्य रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

त्यस्तै, अध्यक्ष तिमल्सिनाले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र चीनविरुद्ध नेपालमा कुनै गतिविधि हुन नदिनेपनि विश्वास दिलाएका थिए । अध्यक्ष तिमल्सिनाले चीनले अगाडि सारेको बीआरआईमा नेपाल साझेदार बन्न पाउँदा आभारी रहेको पनि सुनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्