Logo

देउवाले भेटे सी, जुनसुकै पार्टी शक्तिमा रहेपनि दुई देशबीचको मित्रता प्रगाढ



काठमाडौं, २६ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । शनिबार साँझ होटल सोल्टीमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र कनेन्टिभिटी वृद्धिबारे छलफल भएको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सीले नेपालमा जुनसुकै दल शक्तिमा आएपनि दुई देशबीचको मित्रता प्रगाढ भइरहने बताए । उनले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाली काँग्रेससँग निरन्तर सम्पर्क स्थापित गरी आपसी सहयोग अभिवृद्धि गर्ने बताए । जवाफमा देउवाले चिनियाँ कम्युनिष्ट पार्टीसँग मितवत् अन्तसम्बन्ध विकास गर्न तयार रहेको बताएका थिए ।

देउवाले चीनसँगको महत्वपूर्ण विकसित सम्बन्धमा जोडदिदै चीनले नेपलाको सार्वभौमसत्ताको रक्षा र भौगोलिक एकतामा पुर्याएको साथ र सहयोगका लागि धन्यवाद व्यक्त गरे । देउवाले एक चीन नीतिको पक्षमा चीन रहेको भन्दै चीनविरोधी गतिविधि हुन नदिने नेपालको नीतिबारे प्रष्ट पारे । उनले यस क्षेत्रको कनेक्टिभीटीमा जोड दिए । तस्बिर स्रोतः सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्