Logo

रेलको बारेमा सरकारले उत्ताउलोपारामा हल्ला गर्यो-डा. गोविन्द पोखरेल



काठमाडौं, २६ असोज । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल पूर्वाधार विकासका विज्ञ हुन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

चिनियाँ राष्ट्रपतिले रात्रिभोजलाई सम्बोधन गर्दै कुरा राख्नुभएको छ, ‘अब नेपाल भूपरिबेष्ठित मुलुक रहन्न’ यसबारेमा तपाईंको भनाइ के छ ?
अहिले जसरी चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमण भएको छ, नेपाल र भारतमा । त्यस सन्दर्भमा उहाँले भारतमा संयुक्त रुपमा जुन प्रेस वक्तव्य जारी गर्नुभयो । त्यसले नेपाल, भारत र पाकिस्तानलगायतालई एउटा रिजन स्टेबल, पिसफुल, स्कुसीप, प्रोस्पक हामीले बनाउनेपर्छ भनेर सो व्यक्तव्यमा भनिएको छ । यो विश्वको दोस्रो ठूलो अर्थतन्त्र र अर्को छैंठौं ठूलो अर्थतन्त्रबीचमा जुन खालको समझदारी भएको छ । यसले यो रिजनलाई राम्रो सन्देश दिएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र बोकेको यसले विश्वको कूल ग्रास्थ उत्पादनमा ३० प्रतिशत ओगटेको राष्ट्रको राष्ट्रपतिको भ्रमण नै महत्वपूर्ण हो, नेपालको लागि । यसमा चीनले के दियो, के दिएन भन्दा पनि उहाँ आएर हामीबीचको हरौंवर्ष भनौं भृकुटी, संङ्चङगम्पो र अरनिकोदेखिको जुन खालको सम्बन्ध थियो । त्यसलाई सम्बोधन गर्दै जसरी लामो समयपछि भ्रमण भयो, त्यो नै हाम्रो लागि गौरवको विषय हो । र, उहाँले रात्रीभोजको सन्दर्भमा जसरी नेपालका लागि सुरुङमार्ग, सडकसञ्जाल, पर्यटन विकासलगायतमा कुरा गर्नुभयो, त्यसलाई हामीलाई थप हौसला मिलेको छ । रेलमार्गको लागि बीपीआर गरेर त्यसलाई पछि पुरा गछौं, त्यो नेपाल र चीन मिलेर गर्ने हो भन्नुभयो ।
चीनले नेपालको विभिन्न विकासको आयोजनामा ५६ अर्ब सहयोग गर्ने घोषणा गरेको छ नि ?
भूकम्पपछि पनि चीनले सहयोग गर्ने भनेर जाहेर गरेको थियो । यी कुराहरु नेपालको विकासमा चीनले गर्ने सहयोग हो । यसको कार्यान्वयनमा नेपाली इन्जिनियरहरु, प्राविधिकहरु पनि संलग्न भएर गर्दा राम्रो हुन्छ । चीनले सहयोग गरे तापनि नेपाल आपैmले गर्न सक्ने माहोलको सिर्जना गर्नुपर्छ । विकासका योजनाहरुमा चिनियाँ विशेषज्ञहरुको सहयोगमा नेपाली विशेषज्ञहरुले निर्माण गर्नुपर्छ । अरु भागमा पनि विदेशी सहयोगमा नेपालीले गर्नुपर्छ । जसरी भोटेकोसी आयोजनामा विदेशी सहयोग र विशेषज्ञले नेपाल जनशक्तिलाई प्रयोग गरेर गरे त्यसैगरी चीनको सहयोगमा हुने आयोजनाहरुमा पनि नेपाली जनशक्तिलाई प्रयोग गरेर निर्माण सम्पन्न गर्नुपर्छ । यी सुरुङमार्गमा त्यसैगरी गरियो भने देशका अन्य भागमा सुरुङमार्ग बनाउनलाई नेपाली जनशक्तिको क्षमताअभिवृद्धि हुन्छ । हामीले त्यतातिर ध्यान दिनुपर्ने हुन्छ । अन्य क्षेत्र जस्तै शिक्षा, पर्यटन, कलकारखाना आदिमा सहयोग आदनप्रदान गर्ने भन्नुभयो, त्यसले दुई देशबीच सांस्कृतिक सम्बन्ध अझ दरिलो हुने, र त्यसलाई नेपाल सरकारको संयन्त्रले यो प्रतिबद्धतालाई कार्यान्वयनमा लान बढी लाग्नुपर्ने हुन्छ । यसले देशलाई फाइदा गर्छ ।
चिनियाँ राष्ट्रपतिले त नेपालका हिमालीसडक सञ्जालदेखि हरेक विकासमा सहयोग रहन्छ भन्नुभएको छ नि ?
उहाँले हरसम्भव साथ रहेर भन्नुभएको छ । अब हामीले पहिला त्यसको डीपीआर बनाउनुपर्छ । त्यसमा भूगोलको हिसावले कत्तिको असहज छ, त्यसमा कति टनेलहरु बनाउनुपर्छ, सबैको अध्ययन गरेर यसको सम्भाव्यता प्राप्त हुन्छ । त्यसपछि नेपालले ऋण दिने हो कि, अनुदानमै हुन्छ कि यी सबै त्यो डीपीआर प्राप्त भइसकेपछि नेपाल सरकारले चिनियाँ सरकारसँग बसेर निर्णय लिनुपर्छ । मैले पहिलादेखि नै भन्दै आएको थिएँ । रेलको बारेमा अहिले नै सिलान्यास गर्ने गरी सरकारले उत्ताउलोपारामा हल्ला गरेको छ । त्यसो नगरेको भए राम्रो हुनेथियो । यसपछि राम्रो समाचार सुन्न पाइनेथियो । केरुङमा रेल आइपुग्नको लागि झन्डै २०२४ जति लाग्छ । त्यसको १० वर्षपछि त्यो रेल काठमाडौं आइपुग्छ ।
नेपालका राष्ट्रपति विद्या भन्डारीले केरुङ–काठमाडौंहुँदै लुम्बिनीसँग रेलमार्ग जोडिएको नेपाली जनताले हेर्न चाहेका छन्, भन्नुभएको छ नि ?
त्यो उहाँको आकांक्षा हो । हाम्रा मित्रराष्ट्रको समकक्षी आएको बेलामा इच्छा, आकांक्षा र चाहना व्यक्त गर्नुभयो । त्यो देश विकासको लागि राम्रो कुरा हो । तर, त्यसको लागि सम्भाव्यता, आर्थिक लगानी सबैचिजहरुमा सरकारले विचार गर्नुपर्छ । उच्चतहबाट व्यक्त हुनु त्यो हाम्रो इच्छा, चाहना, आकांक्षा हो भन्ने सन्देश यसले दिन्छ । त्यसको कार्यान्वयन गर्ने कसरी हो सरकारी संयन्त्रहरुले ध्यान दिनुपर्छ ।
राष्ट्रपति भण्डारीले त सि जिनपिङ विचारधारा नेपालको विकासको महत्वपूर्ण दर्शन बनेको छ, भन्नुभएको छ नि ?
सि निजपिङ विचारधारा भनेर उहाँहरुले परिभाषित गर्नुभएको हो । नेपालका कम्युनिस्ट पार्टीहरु सबैले बाहिरकै विचारधारा भन्ने गर्दछन् । कसैले माओका, कसैले लेनिनका र माक्सका विचारधारा भनेर अरु देशका नेताहरुका विचारधारा लिएर आउनेहुन् । ती विचारधाराहरु यहाँ त्यति सफल भएका छैनन् । यहाँ सि निजपिङका विचारधारा होइन, उनलेको गरेका नीतिगत सुधारहरु हुन् । विशेषतः कम्युनिस्ट राष्ट्र र कम्युनिस्ट शासन हुँदा पनि उहाँले चीनमा त्यति ठूलो वैदेशिक लगानी ल्याएर देशलाई कायापलन गर्न सक्ने सफलता प्राप्त गर्नुभयो । चीन यति द्रुतगति अगाडि जान सक्यो ।
चीनमा सी राष्ट्रपति भएपछि भ्रष्टाचारलाई जरैदेखि उन्मुलन गर्न लाग्नुभयो । त्यस्ता कुरा, नीति, व्यवहार र सुशासनहरु हामीले हाम्रो परिवेशमा ढाल्ने हो । हाम्रा स्थानीयतहदेखि मन्त्रालयसम्म ब्यापकरुपमा भ्रष्टाचार भएको छ, भनेर सांसदहरुले नै भनिरहनुभएको छ । त्यसकारण सीको विचारधारा होइन, सी र चीनले जसरी सुधार नीतिहरु अपनाएको छ । जसले गर्दा रोजगारीका अवसरहरु सिर्जना भएका छन् । उत्पादन बढेको छ । चीनले आज विश्वको बजार ओगटेको छ, त्यस्तो किसिमको नीतिगत सुशासनहरु कसरी कायम गर्न सकिन्छ । हाम्रोजस्तो समावेशी, प्रजातान्त्रिक मुलुकमा सुहाउँदो कसरी बनाउन सकिन्छ भनेर अध्ययन गर्ने हो । सीको विचार कसरी पनि नेपालमा लागु गर्न सकिँदैन, भने त्यहाँ औपचारिकता निर्वाह गर्नका लागि मात्रै निर्वाचन गरेको देखाइन्छ । राष्ट्रपति सी नै आजीवन राष्ट्रपति हुनुहुन्छ । नेपालमा त्यो हुँदैन, यहाँ संसदीय व्यवस्था संविधानमै उल्लेख छ । पाँच वर्षमा आवधिक निर्वाचन हुन्छ, त्यसमा धेरै दलहरुले भाग लिन्छन् । सरकार परिवर्तन हुनसक्छ, अथवा त्यो निर्वाचनमा विपक्षी दलहरु पनि ठूला हुन सक्छन् । त्यसकारण यहाँको परिवेश एकदमै फरक खालको छ । हामीसँग दक्षिणमा पनि उत्तिकै ठूलो मित्रराष्ट्र छ, जससँग रोटीबेटीकै सम्बन्ध छ । त्यो राष्टसँग पनि हामीले यत्तिकै मिलेर जानुपर्ने हुन्छ । यी कारणले गर्दा पनि हामीले सिक्ने भनेको कम्युनिस्ट शासन भएको देशमा पनि ठूलोमात्रमा विदेशी लगानी ल्याउनु, त्यसलाई औद्योगिकीकरण गर्नु, साना विकास निर्माणबाट पनि रातारात ठूला–ठूला संरचना बनाउन सक्नु, त्यस्ता प्राविधिक दक्षता र सीपहरु जनतामा हुनु जस्ता कुराबाट हामीले चीनबाट सिक्ने हो । जसरी सीको विचार चीनमा मात्रै सीमित नभएर विश्वरभर उदाहरणीय भएको त्यसबाट सिक्ने हो । विचारै ल्याउने होइन, त्यो मोडललाई हाम्रो प्रजातान्त्रिक, समावेशी, धेरै वर्ग समुदायको भएको राष्ट्रमा अपनाउनुपर्छ । त्यो हो सीबाट हामीले सिक्ने ।
त्यसो भए चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल भयो भन्न सकिन्छ ?
हामी दुई स्वतन्त्र मुलुक हौं । चीनसँग हजारौं वर्षदेखि हाम्रो सम्बन्ध छ । चीन लामो विचार र दृष्टिकोण राखेर सोच्न राष्ट्र हो । २२१ देखि सुरुभएको मुलुक हो त्यो । बीचमा औपनिवेश भयो, त्यसमा पश्चिमाहरुले हस्तक्षेप गरे । त्योबेलादेखि नै एकीकृत हुँदै आएको मुलुक हो । नेपाललाई आजभन्दा २५० वर्षअगाडि पृथ्वीनारायण शाहले एकीकरण गर्नुभयो । त्यसबेलादेखि नै चीनसँग हाम्रा व्यापारदेखि थुप्रै सम्बन्धहरु रहेका छन् । यो सम्बन्धलाई अझ बढी गाढा बनाउन उहाँ अहिले आउनुभयो । त्यसमा उहाँले हामीलाई दुई÷चारवटा प्रोजेट के दिनुभयो, भनेर त्यतातिर फोकस गर्नुहुन्छ भने विश्वसँग दोस्रो ठूलो अर्थतन्त्र भएको राष्ट्रको राष्ट्रपति आउनुभयो । त्यसमा दुई देशबीचको सम्बन्धलाई अझ उचााइमा पु¥याएर जानुभयो । यसरी गाढा भएको समबन्धमा प्रयोग गरेर आगामी दिनमा नेपालले समृद्धि हासिल गर्नको लागि लगानीको माहोल सिर्जना गर्नुपर्छ । न कि एउटा ४ किमिको सुरुङमार्ग बन्दछ भनेर त्यसैमा रमाएर बस्ने । हामीले करिवकरिव रोजगारीको खोजीमा विदेशीएका युवालाई नेपालमै रोजगारी सिर्जना गर्न सक्यौं भने मात्रै समृद्धि भएको मानिने छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्