Logo

सरकारलाई केसीको अल्टिमेटम, माग पूरा नभए आन्दोलन थाल्ने चेतावनी



काठमाडौं, २७ असोज । प्राध्यापक डा. गोविन्द केसीले सरकारलाई आगामी कात्तिक १३ गतेसम्मको अल्टिमेटम दिएका छन् । उनले चिकित्सा शिक्षा ऐन संशोधनलगायत विभिन्न छ बुँदे माग अघि सार्दै सरकारलाई यस्तो अल्टिमेटम दिएका हुन् ।

अनिवार्य अवकाश पाउने भएपछि आज (सोमबार) त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै केसीले माग पूरा नभए कात्तिक १३ गतेबाट सत्याग्रहसहितको आन्दोलन थाल्ने चेतावनी दिएका हुन् । २०७५ साउन १० गते सत्याग्रहका क्रममा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने केसीले मागको पहिलो बुँदामा उल्लेख गरेका छन्।

उनले विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकेर परासर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुसार निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न माग गरेका छन्।file photo/M. Kalikote-RCN



प्रतिक्रिया दिनुहोस्

Screenshot