काठमाडौं, २७ असोज । नेपाल स्काउट तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीको दादागिरी रोकिएको छ । शक्तिको आडमा मनोमानी गरेर स्काउट परिसरभित्र भाडामा बसेकाहरुलाई भण्डारीले अति नै दुःख दिन थालेपछि यो कुरा प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पुगेको छ । स्काउट परिसरभित्र नियमसंगत रुपमा भाडामा अफिस सञ्चालन गरिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री दिपक खड्कालाई राजनीतिक प्रतिशोध साँध्नेगरि भण्डारीले जसरी भएपनि हटाउने नियत राखेपछि यो कुरा प्रधानमन्त्रीकहाँ पुगेको हो ।
भण्डारी लामोसमयदेखि स्काउटमा हालीमुहाली गर्दै आएका व्यक्ति हुन् । पैसा र शक्तिको प्रलोभनमा भण्डारीले राजनीतिक लाभका पद हाँसिल गरेको भन्दै स्काउटहरु उनीसँग रुष्ट छन् । भण्डारीले कुनैपनि बहानामा कांग्रेस नेताले सञ्चालन गरेको लैनचौर ब्याङकेट हटाउने र उक्त ठाउँमा गगनचुम्बु व्यापारिक प्रायोजनको भवन निर्माण गर्न चलखेल गरेपछि उनको नियत र गलत उद्देश्यबारे प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेको छ ।
भण्डारी पछिल्लो समय विवादित बनेकोबारे प्रधानमन्त्री ओली जानकार छन् । तर, गृहजिल्ला झापाको बासिन्दा भएकै कारण अब माया गर्न नसकिने निश्कर्षमा ओली पुगेका छन् । आज त भण्डारीलाई गलत हर्कत नरोके ठिक नहुने भन्दै नेकपाका अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डले चेतावनी नै दिएका छन् । नेकपाकै नेता तथा कार्यकर्ताले पनि भण्डारीको नाम लिएर सरकारका मन्त्री तथा पार्टीका जिम्मेवार नेताहरुलाई ‘लोकको दादागिरी’ भन्दै असन्तुष्टि पोख्न थालेका छन् ।
भण्डारीको गलत हर्कत छताछुल्ल हुनुको मुख्य कारण भनेको–कांग्रेस नेता खड्कालाई लैनचौरबाट जुकसुकै हत्कण्डा अपनाएर भएपनि विस्थापित गर्नु संकुचित सोच बनेको छ । खड्काको ब्याक्वेट बन्द गर्ने नियतले भण्डारीले एकपछि अर्को गरेर दुःख दिएका थिए । तर, यसबारेमा कांग्रेस नेता तथा पूर्वमन्त्री खड्काले कानुनी रुपले नै आफ्नो उपचार खोजे । सोहीअनुसार यसबारेमा सरकारका अधिकारीहरुलाई जानकारी गराएका थिए ।
तर, भण्डारीले हुँदाहुँदै उक्त बैंक्वेटमा ताला लगाईदिए । विजुली, बत्तीसमेत काट्न भ्याए । भण्डारीले अति नै गरेपछि कांग्रेस नेता खड्काले सरकारका सम्बन्धित निकाय र यसका प्रमुख अधिकारीहरुलाई पूर्व जानकारी दिएर नै भण्डारीले लगाएको ताला फोड्न खोजेका थिए । तर, यो गर्नुपुर्व उनी पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका थिए ।
स्रोतले दिएको जानकारीअनुसार देउवासँग कांग्रेसका शीर्ष नेताहरुपनि एकै ठाउँमा थिए । उनले भण्डारीको गलत हर्कत र नियतबारे व्रिफ गरेका थिए । देउवाले पनि खड्काकै अघि सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डलाई फोन गरेर के गर्न खोजेको ? भन्दै कडा चेतावनी दिए । देउवा त्यतिमात्रै रोकिएनन्, उनले प्रधानमन्त्री ओलीलाई पनि फोन गरेर भण्डारीको हर्कत नरोके ठिक नहुने चेतावनी दिए ।
देउवाको फोनलगत्तै नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डले फोन गरेर भण्डारीको सातो खाएको बालुवाटार स्रोतको दाबी छ । भण्डारीले लैनचोरमा खड्काले सञ्चालन गरेको ब्याङकेट स्थलमा ठूलो व्यापारिक प्रायोजनको भवन बनाउन चलखेल गरेको र मोटो रकम असुल्ने योजना बनाएका थिए । तर, प्रधानमन्त्रीले सातो खाएपछि उनी मुसो बनेका छन् ।
भण्डारी एकपछि अर्को गर्दै गलत र आर्थिक अनियमिततामा फस्दै हिँडेपछि प्रधानमन्त्री ओलीपनि उनीसँग रुष्ट बनेका छन् । प्रधानमन्त्री ओलीकै आशिर्वादका कारण उनले स्काउटको तदर्थ समितिको संयोजकमा बाजी मारेका हुन् । तर, जुन विश्वास र भरोशाका साथ उनलाई जिम्मेवारी सुम्पिईएको थियो, उनी त्यसमा चुकेको स्काउटकै पदाधिकारीहरुको टिप्पणी छ । Photo Source: Social Media