Logo

प्रधानमन्त्री ओली बाकु जाने



काठमाडौं २८ असोज । कुनै शक्ति गुटमा नलागेका राष्ट्रहरुको अभियान असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकु जाने भएका छन् ।

कार्त्तिक ७ देखि ९ सम्म चल्ने शिखर बैठकमा नामका १२५ सदस्य राष्ट्रसहितको सहभागिता हुने भएको छ।

आफ्नो स्वतन्त्र पहिचान, विचार र नीतिको अडान राखेर एकताबद्ध भएका मुलुकहरुले सन् १९६१ मा असंलग्नता आन्दोलन (नाम) सुरु गरेका हुन्।

‘अहिले पनि अर्न्तराष्ट्रिय स्थिती एकदमै तरल छ, पुर्वानुमान गर्नै नसकिने किसिमको र अस्थिर भएको छ। यसको सबैभन्दा ठूलो चुनौती विकासशिल देशहरुलाई परेको छ,’ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने,‘बदलिदो विश्वको फरक सन्दर्भमा असंलग्न आन्दोलनको सान्दर्भिकता उत्तिकै छ भनेर देखिएका समस्या र चुनौतीमा सरोकार देखाउन नेपालको सहभागिता अनिवार्य बनेको हो।’

प्रधानमन्त्रीको विशिष्ट तहमा उपस्थिती रहने नाम सम्मेलनमा परराष्ट्र मन्त्री ज्ञवाली, परराष्ट्र सचिव शंकर बैरागीसहितको सहभागिता रहनेछ। असंलग्न आन्दोलनले पंचशिलका अहस्तक्षेप, अनाक्रमण, शान्तिपूर्ण सहअस्तित्व, एकअर्काको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति सम्मान जनाउने गरेको छ। यसैगरी, यो अभियानले आपसी आर्थिक तथा सांस्कृतिक सहयोगको आदानप्रदान गर्दै आएको छ। कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्