Logo

नेकपाको एकीकरणमा अझै पुगेन धार्नी



काठमाडौं, २८ असोज ।नेपाल कम्युनिस्ट पार्टीभित्र बाँकी रहेको एकताको काम अझै एक महिना लम्बिने भएको छ। पार्टी एकता भएको डेढ वर्ष पुग्दासमेत शीर्ष तहको असमझदारीका कारण टुंगो लाग्न सकेको छैन।

पार्टी एकता घोषणा हुँदा तीन महिनाभित्र तल्लो कमिटीसम्म एकताको सम्पूर्ण काम सम्पन्न गर्ने घोषणा गरेको १८ महिना पुग्दासमेत आन्तरिक किचलोका कारण पूर्णता पाउन सकेको छैन।

प्रदेश कमिटीले स्थानीय कमिटीको एकता टुंगो लगाउन जिल्ला कमिटीलाई निर्देशन दिए पनि केन्द्रमा रहेको गुटको प्रभावका कारण प्रभावित हुँदै आएको छ।

सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी र विभिन्न जनवर्गीय संगठनको एकताको काम सम्पन्न भए पनि अधिकांश स्थानीय तहका कमिटीले पूर्णता पाउनसकेको छैन।

प्रदेश कमिटीले स्थानीय कमिटीको एकता टुंगो लगाउन जिल्ला कमिटीलाई निर्देशन दिए पनि केन्द्रमा रहेको गुटको प्रभावका कारण प्रभावित हुँदै आएको छ।

जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठन अझै हुनसकेको छैन। पार्टी विधानअनुसार पोलिटब्युरो गठनको पनि भएको छैन।पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एकता प्रक्रिया टुंगो लगाउन पद बाँडफाँट भइसकेको छ।

तर वरिष्ठ नेता माधवकुमार नेपाल केही विषयमा असन्तुष्टि राख्दै आएका छन् । पहिलो वरिष्ठ नेताबाट दोस्रो वरीयताको वरिष्ठ नेता बनाइएको भन्दै सचिवालय बैठकमा पार्टी अध्यक्ष ओली र नेता नेपालबीच भनाभन भएको थियो। आजको नेपाल समाचार पत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्