Logo

निश्चल र स्वस्तिमाको “घामड शेरे” ट्रेलर सार्वजनिक (भिडियोसहित)



निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको चलचित्र “घामड शेरे” को ट्रेलर सार्वजनिक भएको छ । हेमराज विसी निर्देशित चलचित्र ८ कात्तिकदेखि देशव्यापी प्रदर्शनमा आउने गरी चलचित्रको ट्रेलर रिलिज गरिएको हो । यो चलचित्र श्रीमान निश्चल र श्रीमती स्वस्तिमाको अनस्क्रिन रोमान्सको पहिलो चलचित्र हो ।

वैदेशिक रोजगारीबाट गाउँ फर्किएको एक युवकले तरकारी खेती गर्न किनेको खेतलाई खोलाले बगाएपछि उसले गरेको संघर्षलाई ट्रेलरमा देखाइएको छ । चलचित्रमा अभिनेता निश्चलले उक्त युवकको भूमिका निर्वाह गर्दा स्वस्तिमालाई उसको सालीको रुपमा प्रस्तुत गरिएको छ । अभिनेत्री सुष्मा निरौलाले चलचित्रमा निश्चलको श्रीमतीको भूमिका गरेकी छिन् । चलचित्र कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा खिचिएको हो ।

गौरी मल्लको अतिथी भूमिका रहेको फिल्ममा बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायत अन्य कलाकारहरुको अभिनय रहेको उक्त चलचित्र कमेडी विषयवस्तुमा निर्माण भएको जनाइएको छ । नरेन्द्र विक्रम बुद्ध क्षेत्री कार्यकारी निर्माता रहेको यो चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ । फिल्मका निर्माता सिमोस सुनुवार हुन् । निर्देशक विसीले नै लेखेका कथा तथा पटकथामा बनाइएको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।

हेर्नुहोस् भिडियोः

Photo Source: Thecinematimes



प्रतिक्रिया दिनुहोस्

Screenshot