काठमाडौं, २८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान लिइएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइएको हो ।
संसद कर्मचारी रोशनी शाहीमाथि जर्बजस्ती अभियोगमा पक्राउ परेका महरामाथि घटनाको सेरोफेरोमा सरकारी वकिलहरुले बयान लिएका थिए । बयानका क्रममा उनले अभियोग अस्वीकार गरेको बुझिएको छ ।
बयानपछि महरालाई काठमाडौं जिल्ला अदालत लगिने भएको छ । उनलाई थप अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको छ ।
दशैं बिदाका कारण म्याद थपका लागि अदालत नलगिएकोमा बिदा समाप्तीपछि अदालत लगिने लागिएको हो । महरा १९ असोजमा सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । File Photo